Lalbandi Branch Formally Opened PDF Print E-mail

वीरगंज फाईनान्स लिमिटेडको लालबन्दी शाखा उद्‍घाटन सम्बन्धी प्रेस बिज्ञप्‍ति

बीरगंज फाइनान्स लिमिटेडको पाँचौ शाखा सर्लाहीको लालबन्दीमा विधिवत रुपमा उद्‍घाटन भयो यस वित्तिय संस्थाका अध्यक्ष श्री विजय कुमार सरावगीले उक्त शाखाको उद्‍घाटन गर्नुभएको थियो साथै संस्था उद्‍घाटनको दिन सम्ममा करिब रु. करोड निक्षेप संकलन गरेको थियो उक्त अवसरमा स्थानिय उद्योगी, व्यापारी, बुद्धिजीवि, नागरीक समाजका व्यक्तित्व, पत्रकार एवं अन्य महानुभावहरुको उल्लेखनिय रुपमा उपस्थिती रहेको थियो संस्थाले यस भन्दा अघि वीरगंजको आदर्शनगर, काठमाण्डौको कमलादी, तथा गोगंबु तथा सुनसरीको इटहरीवाट वित्तीय कारोवार संचालन गर्दै आइरहेको हाल लालबन्दिको उक्त शाखा कार्यालयमा कुल ५ जना कर्मचारीहरूबाट कारोवार सञ्चालन गरिनेछ भने श्री निरज नेपाल उक्त शाखाको शाखाप्रवन्धक हुनुहुन्छ ।

वित्तीय संस्थाले गत आर्थिक बर्ष २०६५/६६ मा रु.१४८.३९ करोड निक्षेप तथा सापटी संकलन गरी रु. १४६.३५ करोड कर्जा तथा लगानी गरेको थियो भने सोहि अबधिमा रु. ४.०३ करोडको सञ्चालन मुनाफा आर्जन गरेको थियो र चालु ..को प्रथम महिनामा कम्पनीले करीव रु.२०० करोड निक्षेप तथा सापटी संकलन गरी रु.२२० करोड कर्जा प्रवाह गरेको छ र सोही अबधीमा करीब रु. करोड ५० लाख संचालन मूनाफा आर्जन गरेको कम्पनीको कारोवारलाई अझ पभावकारी,पारदर्शी तथा चूस्त बनाउदै लैजाने तथा ग्राहक वर्गको हित अनुकुल हुने खालका निक्षेप तथा कर्जा लगानीका योजनाहरु सञ्चालनमा ल्याईएका छन जस अनुशार रेमिटेन्स बचत को साथ साथै दैनिक मौज।दातमा ९.५०% को दरले ब्याज प्रदान गर्ने लगानी बचत खाता, शेयरधनी बचत खाता तथा बार्षिक १०.५०% ब्याज प्राप्‍त हुने महिला सुरक्षा मुद्दती खाता जस्ता आकर्षक बचत तथा मुद्दति योजनाहरु हालै सञ्चालनमा ल्याएको अन्य बचत निक्षेप अर्न्तर्गत .०० देखी .५० प्रतिशत सम्म तथा मुद्धती निक्षेप तर्फ ७. प्रतिशत देखी १०.०० प्रतिशत सम्म प्रतिफल प्राप्‍त गर्न सकिने किसिमका निक्षेप योजनाहरु सञ्चालनमा रहेका छन्

साथै आगामी दिनमा मोरङको बिराटनगरमा एक शाखा कार्यालय उद्‍घाटनको हुन बांकि छ बांकि छ भने काठमाण्डौको न्युरोडमा एक, सुनसरीको ईनरूवामा एक तथा रौतहटको चन्दरनिगाहपुरमा एक शाखा कार्यालय स्थापना गर्ने लक्ष अनुशार पूर्बाधार निर्माणको काम भईरहेको छ तथा अन्य संभाव्य स्थलहरुको चयन गरी केही थप शाखा मार्फत कारोवार विस्तार गरी ग्राहकवर्गहरुलाई थप सुविधा पुर्‍याउने लक्ष्य राखीएको साथै, अन्तरशाखा संजाल मार्फत ग्राहक वर्गलाई सेवा सुविधा दिने अभ्रिप्रायले एविविएस सेवा तथा एसएमएस बैंकिंक सेवा समेत कम्पनीका सवै शाखाहरुबाट उपलव्ध गराइएका छन् साथै बचतकर्ताहरुको थप सुबिधाको लागि निकट भविष्यमा एटिएम सेवा समेत सञ्चालन गर्ने योजना रहेको

मिति : २६ मार्ग २०६६, शुक्रवार

लालबन्दी, सर्लाही

(पुष्प राज भण्डारी)

प्रमुख कार्यकारी अधिकृत